
एजेन्सी । बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ अनलाइनमा लिक भएको छ ।
फिल्म ‘लाल सिंह चड्डा’ रिलिज हुनेबित्तिकै तमिलरकर्स र मुभिरुल्जले इन्टरनेटमा लिक गरेका हुन् । पछिल्ला केही दिनदेखि फिल्म बहिष्कारको माग लगातार भइरहेको थियो । भारतको ३ राज्यमा फिल्म रिलिजमा प्रतिबन्ध समेत गरिएको छ । यसैबीच अब फिल्म दुई वटा अनलाइनमा लिक भएको हो ।
फिल्मका निर्माताहरू लामो समयदेखि फिल्म रिलिजको पर्खाइमा थिए । फिल्मलाई लिएर निर्मातामा पनि निकै उत्साह थियो । यति मात्र होइन, फिल्मको स्टार कास्टले पनि यसको प्रचार प्रसारमा कुनै कसर बाँकी राखेका थिएनन् । तर, फिल्म लिक भएपछि फिल्मका निर्माताहरूका लागि ठूलो असर पर्नुका साथै करोडौं घाटा बेहोर्नु पर्ने हुनसक्नेछ ।
लाल सिंह चड्ढा हलिउड फिल्म ‘फरेस्ट गुम्पस’ को हिन्दी रिमेक हो। अद्वेत चन्दनको निर्देशन रहेको फिल्ममा आमिर खान, करीना कपूर खान, नागा चैतन्यको मुख्य भूमिका रहेको छ । दक्षिण भारतीय अभिनेता चैतन्यले यस फिल्मबाट बलिउडमा डेब्यु गरेका हुन् ।
फिल्म बिहीबारबाट रिलिज भएको हो। फिल्मलाई आमिर र उनको पूर्व श्रीमती किरण रावले निर्माण गरेका हुन् । ‘लाल सिंह चड्डा’को सुरुवाती कमाइ कमजोर रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्