
काठमाडौं । अभिनेता विपिन कार्की फिल्म ‘चङ्गा चेट २’ मा अनुबन्धित भएका छन् ।
२०७५ मा प्रदर्शन भएको ‘चङ्गा चेट’को सिक्वेलको रूपमा ‘चङ्गा चेट २’ निर्माण हुने भएको छ । बिहीबार विपिन र निर्मात्री शर्मिला पाण्डेले कागजी सम्झौता गरेर उनी फिल्ममा अनुबन्धित भएका हुन् ।
दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको उक्त फिल्मको छायांकन भने मंसिरमा सुरु हुनेछ । यसअघि विपिन र दीपेन्द्रले ‘पशुपति प्रसाद’ र ‘के घर के डेरा’मा सहकार्य गरिसकेका छन् । यो उनीहरूबीचको तेस्रो सहकार्य हो ।
फिल्ममा यसअघि अभिनेता अर्पण थापा अनुबन्ध भइसकेका छन् भने अभिनेत्री र अन्य कलाकारको अझै टुंगो लागेको छैन ।
प्रतिक्रिया दिनुहोस्