२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अल्मुताइरीबारे निर्णय गर्ने अधिकार किरण राईलाई, प्रदीप हुमागाईं कार्यवाहक प्रशिक्षक नियुक्त


598
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबारे निर्णय गर्ने जिम्मेवारी महासचिव किरण राईलाई दिएको छ ।

बिहीबार बसेको एन्फा कार्यसमिति बैठकले अल्मुताइरीबारे निर्णय गर्ने अधिकार राईलाई दिने निर्णय गरेको हो ।

पछिल्लो समय एन्फाको पत्रको जवाफ नदिएको र खेलाडीलाई प्रशिक्षणबाट निकालेपछि अल्मुताइरी विवादमा तानिएका छन् ।

बैठकले असोज ११ गते बंगलादेशसँग काठमाडौंको दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको हो । उक्त खेलका लागि प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरिएको छ ।

बैठकले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न दिने निर्णय गरेको छ । असोज २३ देखि मंसिर २ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न दिने एन्फाले जनाएको छ ।

एन्फा बैठकले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल पुस दोस्रो साताबाट गर्न प्रस्ताव अघि सारेको छ ।