
सुनसरी । धरान उपमहानगरपालिकामा व्यापारीहरूले व्यापक रूपमा कर कानुन उल्लंघन गरेको पाइएको छ ।
आन्तरिक राजस्व कार्यालय धरानले बजार अनुगमन गर्ने क्रममा व्यापारीहरूले कर कानुन उल्लंघन गरी कर छली गरेको पाइएको हो ।
सरकारले राजस्व चुहावटका लागि आर्थिक वर्ष २०७९/०८० लाई बजार अनुगमन वर्षको रूपमा मनाइने घोषणा गरे अनुरूप आन्तरिक राजस्व कार्यालय धरानले बजार अनुगमनलाई तीव्र पारेको छ ।
बजार अनुगमनका क्रममा उद्योग वाणिज्य संघका व्यापारीहरुले कर छली गरेको प्रमुख कर अधिकृत आचार्यले बताउनुभयो ।
बिहीबार धरानमा १६ जना करदाताको व्यवसाय अनुगमन गरेको थियो । जसमा १० जना उद्योग वाणिज्य संघका पदाधिकारीको व्यवसाय अनुगमन गरिएको थियो । जसमध्ये ८ जना पदाधिकारी जरिवानामा परेका छन् ।
त्यस्तै केही व्यवसायीले इजाजत नलिइ सुर्ती तथा मदिराको विक्री वितरण गर्ने गरेको भेटिएको प्रमुख कर अधिकृत आचार्यले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्