२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


युक्रेनको आणविक भट्टी वरपर सैन्य गतिविधि बन्द गर्न राष्ट्रसंघको आह्वान


1.027k
Shares

काठमाडौं । युक्रेनको जापोरिज्जियास्थित युरोपकै सबै भन्दा ठूलो आणविक केन्द्रमा आक्रमण हुने क्रम बढेपछि संयुक्त राष्ट्रसंघले आणविक भट्टी वरपर सैन्य गतिविधि बन्द गर्न आह्वान गरेको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो एन्टोनियो गुट्रेसले जापोरिज्जिया वा अरू कुनै पनि आणविक भट्टीमा आक्रमण हुँदा भयावहस्थिति उत्पन्न हुने बताउनुभयाे । उहाँले तत्काल सैन्य गतिविधि अन्त्य गर्न आह्वान गर्नुभएको हो ।

सोही विषयमा छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्ने भएकाे छ । साथै राष्ट्रसंघीय आणविक अनुगमन अधिकारी राफेल ग्रोसीले संवेदनशील घडी आएको बताउनुभयाे ।

उक्त आणविक भट्टीमा कम्तिमा १० पटक आक्रमण भएकोमा रुस र युक्रेन दुवैले आक्रमणका लागि एक अर्कालाई आरोप लगाएका छन् । जी सेभेन राष्ट्रहरूले रुसी सेनाको नियन्त्रणमा रहेको उक्त भट्टी युक्रेनको हातमा फिर्ता गर्न रुसलाई भनेका छन् ।