
एजेन्सी । दक्षिण भारतीय प्रसिद्ध गायक शिवमोग्गा सुबन्नाको हृदयघातबाट ८३ वर्षको उमेरमा निधन भएको छ ।
शिवमोग्गालाई दक्षिण भारतको जयदेव अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा बिहीबार शिवमोग्गाको मृत्यु भएको उनको परिवारिक स्रोतले जानकारी दिएका छन् । उनको परिवारमा एक छोरा र एक छोरी छन् ।
दक्षिण भारतीय फिल्म उद्योगमा पार्श्व गायनका लागि राष्ट्रिय पुरस्कार प्राप्त गर्ने उनी पहिलो गायक थिए । उनले यो पुरस्कार सन् १९७८ मा फिल्म कडु कुदुरे ओडि बन्दित्ता गीतका लागि पाएका थिए । शिवमोग्गा आफ्नो सुमधुर संगीतका लागि परिचित थिए ।
उनले प्रसिद्ध दक्षिण भारतीय कवि कुभेम्पु र दा रा बेन्द्रेका कविताहरू गाएका छन् । यसका लागि उनले धेरै अवार्ड पनि पाएका थिए । उनी आफ्नो सुगम संगीतका लागि देशभर परिचित थिए ।
प्रतिक्रिया दिनुहोस्