१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अभिनेता अनुप कांग्रेस प्रवेश


806
Shares

काठमाडौं । दुई दर्जन भन्दा बढि चलचित्रमा अभिनय गरेका अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेसको भातृ संस्था तरुण दलमा प्रवेश गरेका छन् ।

शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाँणको सरकारी निवास पुल्चोकमा आयोजित एक कार्यक्रमका बीच शाही कांग्रेसमा प्रवेश गरेका हुन् । शाहीले गृहमन्त्री एवं कांग्रेस नेता खाँणको हातबाट कांग्रेस पार्टीको सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता लिएका थिए । लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको अभिनेता शाहीको भनाई छ । यस अघि आफू कुनै पनि पार्टीमा आवद्ध नभएको भन्दै अभिनेता शाहीले कांग्रेस कलाकारको सम्मान गर्ने पार्टी भएकाले समेत आफुलाई नेपाली कांगे्रस पार्टी मन परेको बताए ।

सो अवसरमा तरुण दलका पूर्व अध्यक्षहरू महेन्द्र यादव, उदयशमशेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङ लगायतको सहभागिता रहेको थियो ।