१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हास्य कलाकार राजुको अवस्था अझै गम्भीर


19.63k
Shares

एजेन्सी । भारतीय चर्चित हास्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्य अवस्था अझै गम्भीर रहेको छ ।

उनलाई भारत स्थित दिल्लीको सरकारी अस्पताल एम्समा राखेर उपचार गरिदैछ । ७२ घण्टा बितिसक्दा पनि उनको स्वास्थ्य अवस्थामा कुनै सुधार आएको छैन । भारतीय सञ्चार माध्यमका अनुसार कार्डियक अरेस्ट (हृदयघात) का क्रममा उनको मस्तिष्कमा ठूलो क्षति पुगेको छ । उनी अहिले भेन्टिलेटरमा छन् र उनको अवस्था चिन्ताजनक रहेको छ ।

चिकित्सकहरूले उनको आईसीयूमा नै उपचार गरिरहेका छन् । उनको स्वास्थ्यमा न सुधार भएको छ, न बिग्रिएको छ । उनको स्वास्थ्य सुधारका लागि लखनउबाट पनि चिकित्सकको टोली दिल्ली आएका छन् । उनको पल्स ६०–६५ को बीचमा रहेको छ । चिकित्सकका अनुसार राजुको मुटुको एक ठूलो हिस्सामा सय प्रतिशत ब्लकेज रहेको छ । उपचारमा राजुको मस्तिष्कले कुनै प्रतिक्रिया देखाएको छैन् ।

राजु भारतीय राजनीतिक दलका ठूला नेतालाई भेट्न दिल्ली गएका बेला उनलाई हृदयघात भएको थियो । राजु एक होटलको जिममा बुधबार बिहान कसरत गरिरहेका थिए । कसरतका क्रममा राजुलाई हृदयघात भएको थियो । त्यसपछि उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । हालसम्म उनको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको चिकित्सकहरूले बताएका छन् ।