३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


सोलुमा आँखा केन्द्र सञ्चालनको २० वर्ष, १७ सय ८२ मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया


338
Shares

सोलुखुम्बु । जिल्लामा सञ्चालित सामूदायिक आँखा केन्द्र सञ्चालनको २० वर्षमा एक हजार ७८२ मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया भएको छ ।

सन् २००३ मा स्थापना भएको आँखा केन्द्रले जिल्लाभर १४० वटा छनोट शिविरबाट ४० हजार ५४० जनाको आँखा परीक्षण गरेको जनाएको छ ।

नेपाल आँखा कार्यक्रम, तिलगंंगा आँखा प्रतिष्ठान अन्तर्गत सोलुखुम्बुमा सन् २००२ बाट आँखाको उपचार शिविर शुरु गरिएको थियो ।

हिमालयन मोतिविन्दु परियोजनाको सहयोग तथा हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा, सोलुखुम्बुको साझेदारीमा सञ्चालित छनोट शिविरबाट पहिचान भएका मोतिविन्दुका बिरामीको केन्द्रले निःशुल्क शल्यक्रिया गर्दै आएको छ ।