
काठमाडौं, भदौ १ । सूचना–प्रविधि क्षेत्रमा योगदान पुर्याएको भन्दै आइसीटी पायनियर अवार्ड सञ्जीव राजभण्डारीलाई प्रदान गरिएको छ ।
आइसीटी मिडियाले सुरु गरेको तेस्रोे आइसीटी अवार्डबाट राजभण्डारी सम्मानित भएका हुन् ।
यस्तै, विदेशमा रहेर नेपालको सूचना–प्रविधिको क्षेत्रमा योगदान पुर्याएको भन्दै आइसीटी डायस्पोरा अवार्ड हिमाल कर्माचार्यलाई प्रदान गरियो ।
यस्तै, डिजिटल गभरनेन्स अवार्ड नेपाल प्रहरीलाई प्रदान गरिएको छ ।
यस्तै, आइसीटी पत्रकारिता अवार्ड नागरिक दैनिकका सन्तोष न्यौपाने र नयाँपत्रिकाका गोपाल साउदलाई प्रदान गरियो ।
सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पुरस्कृत व्यक्तिहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
आइसीटी अवार्ड विभिन्न आठओटा विधामा प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्