१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपत्यकामा फोहोर व्यवस्थापनकाे अवस्था झन विकराल

जसकाे प्रत्यक्ष असर मानव स्वास्थ्यमा

832
Shares

सन्दीप क्षेष्ठ

काठमाडौं । काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनकाे अवस्था झन विकराल बन्दै गएकाे छ ।

सडक छेउ र गल्लीगल्लीमा फोहोरको थुप्रो देखिनु सामान्य जस्तै हुँदा यसले उपत्यकालाई दुर्गन्धित बनाएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका दुई महानगरसहित १८ नगरपालिकाको फोहोरले उपत्यकामा फोहोरको थुप्रो लाग्दा आम नागरिक, व्यापारिदेखि पर्यटन व्यवसायसम्मलाई यसको असर देखिन्छ ।

काठमाडौं उपत्यकामा फोहोरको समस्या नौलो होइन् । केन्द्रीय राजधानी समेत रहेको काठमाडौंलाई सुन्दर बनाउने नारा लगाउँन सायद कुनै पार्टी वा नेतृत्वले छाडेको छैन् । गएको स्थानीय तह निर्वाचनमा पनि फोहोरको मुद्दालाई प्राथमिकतामा राखेर स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले काठमाडौं महानगरको मेयर जिते । आफू नेतृत्वमा गएपछि उपत्यकाको फोहाेरलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने बाचा गरेका साह निर्वाचित भएको ३ महिना पुग्नै लाग्दा समस्या झन विकराल बन्दै गएको छ ।

साउन १ गतेबाट कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिन उठाउने निर्णय गरेको काठमाडौं महानगरले २८ दिन बित्दा पनि फोहोर उठाउन सकेको छैन् । जसका कारण फाेहोरको दुर्गन्धनले मानव स्वास्थ्यमा असर त पुर्याएको छ ।

बजारमा उपभोक्ताको चहलपहल सुरु हुने सीजनमा छेउमा थुप्रिएको फोहाेरका कारण ब्यापारमा कमी आएको गुनासो व्यापारीको छ । सडक वरपर मात्र हैन् । उपत्यकामा चल्ने सार्वजनिक यातायातको पार्किङ स्थलमा पनि फोहोरको थुप्रो लाग्दा ट्राफिक ब्यवस्थापनमा पनि समस्या देखिएको छ ।

उपत्यकामा दैनिक १ हजार मेट्रिक टन भन्दा धेरै फोहोर उत्पादन हुन्छ । अझ चाड पर्व र जात्राको सीजनमा उपत्यकामा फाेहोरको मात्रा अन्य समयको भन्दा धेरै हुन्छ । दिनहुँ बढ्दै गएको फोहोरको ब्यवस्थापन हुन नसक्दा मानव स्वास्थ्यमा असर त गरेको छ नै ।

मुख्य पर्यटकीय सीजन आउ नै लाग्दा यो समस्यामा पर्यटन व्यवसायलाई पनि गम्भीर असर पर्ने देखिन्छ ।