१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हृदयघात भएपछि अस्पताल भर्ना भएका राजु श्रीवास्तवको स्वास्थ्यमा केही सुधार


1.534k
Shares

एजेन्सी । भारतीय चर्चित हाँस्य कलाकार राजु श्रीवास्तव दिल्लीको एम्स अस्पतालमा भर्ना भएको तीन दिन भइसकेको छ । बुधबार बिहान हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

अहिले उनको स्वास्थ्यमा केही सुधार भइरहेको छ । चिकित्सकले परिवारलाई आगामी दुई दिन सकारात्मक आशाका साथ बाँच्न सल्लाह दिएका छन् । उनको हातको औँलापछि अब काँधमा पनि केही हलचल आएको छ । यसलाई चिकित्सकहरुले राम्रो संकेतका रुपमा लिएका छन् ।

राजु श्रीवास्तवले १० वर्षमा तीन पटक एन्जियोप्लास्टी गरेका छन् । उनले १० वर्षअघि मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पताल र ७ वर्षअघि मुम्बईको लीलावती अस्पतालमा पहिलो पटक एन्जियोप्लास्टी गरेका थिए ।

त्यसपछि बुधबार तेस्रो पटक डाक्टरहरूले राजु श्रीवास्तवको एन्जियोप्लास्टी गरे पनि उनको मस्तिष्कले अहिले प्रतिक्रिया दिइरहेको छैन । अबको ४८ घण्टा उनको लागि निकै चुनौतीपूर्ण समय रहेको छ ।