१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बारामा करेन्ट लागेर एक किसानको मृत्यु


91
Shares

बारा । जिल्लामा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ ।

शनिबार विहान छिमेकीको खेतबाट आफ्नोमा सिँचाइ गर्न मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर महागढीमाई नगरपालिका–८ बस्ने ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल, कलैया लगिएको छ ।