
पर्वत । जिल्लाको फलेवास नगरपालिका–९ भंगरामा पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको ज्यान गएको छ ।
स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका–५ घर भई हाल सशस्त्र प्रहरी बल २३ नम्बर गण भानु नगरपालिका तनहुँमा कार्यरत सशस्त्र प्रहरी जवान गिरिजा सापकोटाको डुबेर ज्यान गएको हो । उहाँ कार्यरत गणबाट बिदामा घर आएका थिए ।
साथीहरूसँग पर्वतको भँगरामा पर्ने जलजला घुम्न गएको बेला शुक्रबार पोखरीमा डुबेर ज्यान गएको हो । त्यो ठाउँ स्याङ्जा र पर्वतको सीमा क्षेत्रमा पर्छ ।
दिउँसो ४ बजेको समयमा पोखरीमा डुबेर बेपत्ता भएका सापकोटाको साँझ ६ बजे मात्रै शव निकालिएको थियो । अहिले शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
परिवार सम्पर्कमा आएपछि मृतकको शव पोष्टमार्टम गरी प्रहरीलाई बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्