
Web Pic
काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–५ रंजितपुरमा शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बालुवा लोड भएको ना ५ त ९९७१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार स्थानीय ३६ वर्षीय लल्लु माझी मुसरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मुसरको उपचारका क्रममा मलंगवास्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटना पश्चात फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्