१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सांसद योगेशले गरे सरकारको आलोचना


156
Shares

काठमाडौं । प्रतिनिधि सभाका सांसद योगेश भट्टराईले काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो ।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई फाेहोर उठाउने सन्दर्भमा सरकारको भर नपर्न सुझाव दिनुभयो । उहाँले नेकपा एमाले सहयोग गर्न तयार रहेको भन्दै ठोस प्रस्तावसहित एमालेसँग सम्वादमा आउनका लागि मेयर साहलाई आग्रह पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यसअघि काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास छ । आइतबार ७१ दिन भयो प्रधानमन्त्रीले कुनै पहल गर्नुभएको छैन् । सम्बन्धित मन्त्रीहरू बेखबर छन् । त्यस्तै, झाडापखाला, हैजा लगायत काठमाडौंको फोहोरले काठमाडौंलाई डुङ्डुङ्ती गनाउने अवस्थामा पुगेको छ । यो सरकारले कुनै पहलकदमी गर्न सक्दैन । यो सरकारको हुत्ति पनि छैन । त्यसैले म सरकारको ध्यानाकर्षण गर्दिन आज । म काठमाडौंका मेयर बालेन साहलाई भन्न चाहन्छु, आउनुहोस् ठोस प्रस्तावसहित नेकपा एमालेसँग त्यो भिजन छ । दृष्टिकोण छ । नेकपा एमाले पूर्ण क्षमताका साथ तपाईलाई सहयोग गर्न तयार छ । यदि तपाई सरकारको भर पर्नुभयो भने तपाई असफल हुने निश्चित छ । काठमाडौंको बर्बादि हुनेछ । सांस्कृतिक शहर काठमाडौंलाई सबै मिलेर रक्षा गरौँ ।’