१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाबुरामको पार्टी माओवादीकै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने


962
Shares


काठमाडौं। नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएको छ ।
आईतबार समाजवादी र माओवादीका शीर्ष नेताहरुबीच सो सहमति भएको हो ।

यो सहमतिपछि समाजवादी पार्टी माओवादी केन्द्रको गोलाकार भित्रको हसिया हथौडामा चुनाव लड्नेछ । यसैगरी दुबै दलबीच एउटै घोषणापत्र बनाएर जाने पनि सहमति बनेको छ । दुबैदलबीच गठबन्धन बनाएर जाने विषयमा लगातार छलफल भइरहेको थियो ।

आइतबार पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल,प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्ता भएको थियो ।

समाजवादीका सहअध्यक्ष गंगा नारायण श्रेष्ठले माओवादी र समाजवादीबीच गठबन्धन गरेर निर्वाचनमा जाँदा एउटै चुनाव चिन्ह र घोषणा पत्र बनाएर जानेबारेमा छलफल भएको,तर औपचारिक रुपमा सहमतिनै भने बनिनसकेको ईमेजखबरसँग बताउनु भयो । उहाँले दुबै दलबीच सहमति भएर माइन्यूट भएपछि मात्रै त्यो परिपक्व हुने बताउनु भयो ।