१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्युठान नौबहिनीमा जीप दुर्घटना हुँदा एक शिशु सहित तीनको मृत्यु, १३ घाइते


247
Shares

काठमाडौं । प्युठानमा जीप दुर्घटना एक शिशु सहित तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

जिल्लाको नौबहिनी गाउँपालिका–६ बहानेमा आइतबार बेलुकी लु १ ज १५४५ नम्बरको जीप दुर्घटना हुँदा वडा नम्बर ५ की ७ वर्षीया करुणा बुढा, उनकी २५ दिनकी बहिनी चेतना बुढा र सोही ठाउँका जीप चालक २५ वर्षीय लुकेश थापाको मृत्यु भएको हो ।

प्रहरीका दिदीबहिनीको अस्पताल लैजाँदै गर्दा बाटोमै र चालकको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो ।

दुर्घटनामा दुई छोरीहरू गुमाएकी आमा २५ वर्षीया रेमसरा बुढा र उनका श्रीमान २८ वर्षीय हुमबहादुर बुढा पनि घाइते भएका छन् ।

जीप झन्डै ३५ मिटर तल खसेको थियो ।