१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक सुरू


169
Shares

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक सुरू भएको छ ।

बैठक केही बेर अघि सुरू भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष कमल थापाले वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहनु भएको छ ।

यस्तै, बैठकमा सचिवालय, प्रशिक्षण, सांगठानिक, आर्थिक र प्रदेश अध्यक्षहरुबाट प्रतिवेदन प्रस्तुत हुने महामन्त्री बर्तौलाले बताउनुभयो ।

बैठक सोमबार र मंगलबार बस्नेछ ।