१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिल्म ‘टाइगर ३’ को रिलिज मिति घोषणा


1.677k
Shares

एजेन्सी । बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ अभिनित ‘टाइगर ३’ को रिलिज मिति घोषणा भएको छ ।

अघिल्ला दुई सिक्वेलले राम्रो व्यवसाय गरेको कारण पनि ‘टाइगर ३’ बारे दर्शकको उत्साह बढेको छ । निर्माण पक्षले फिल्मको रिलिज मिति सार्वजनिक गरेको हो ।

यो फिल्म २१ अप्रिल २०२३ मा सिनेमा घरमा रिलिज हुनेछ । फिल्मको रिलिज मिति अभिनेत्री कट्रिनाले आफ्नो सामाजिक संजालमा पनि शेयर गरेकी छन् ।

उनले लेखेकी छन् ‘टाइगर र जोयाको यात्राको एक दशक । यो सफर ‘टाइगर ३’ २०२३ को इदमा रिलिज । फिल्म हिंदी, तमिल र तेल्गुमा भाषमा रिलिज हुनेछ ।’