२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


आजबाट पातलो प्लाष्टिक प्रयोगमा रोक

'पातलो प्लाष्टिकको प्रयोग, उत्पादन तथा बिक्री गरेको पाइएमा कारबाही हुने'

793
Shares

काठमाडौं । सरकारले आज बुधबारबाट ४० माइक्रोन भन्दा पातालो प्लाष्टिकको झोला उत्पादन, आयत, बिक्री वितरण तथा प्रयोगमा पूर्ण रुपमा रोक लगाएको छ ।

वातावरण विभागले सार्वजनिक सूचना जारी गर्दै ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, बिक्री, आयात र प्रयोगमा लगाइएको प्रतिबन्धलाई बुधबारदेखि कडाईका साथ लागू गर्ने जनाएको हो ।

सरकारले गत वर्ष असोज १९ को राजपत्रमा सूचना प्रकाशित गरी ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो ।

विभागले प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत भई कार्यान्वयनमा आईसकेको भन्दै कोभिड–१९ को प्रकोपका कारण केही समय अनुगमनमा खुकुलो गरिएको र भदौ १ देखि अनुगमन तीब्र बनाइने जनाएको छ । ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयोग, उत्पादन तथा बिक्री गरेको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने पनि विभागले चेतावनी दिएको छ ।