
काठमाडौं । राजधानीको फोहोर विसर्जन गर्न निरन्तर अवरोध भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर अवरोध हटाईदिन आग्रह गर्नुभएको छ ।
मंगलबार साँझ प्रधानमन्त्री देउवासँग भेट्नु भएका मेयर साहले फोहोर लिएर गएका गाडी तोडफोड गर्ने गिरोहमाथि कारबाही गर्न र स्थानीयसँगको सहमति अनुसार सडक निर्माणको काम तत्काल गरिदिन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री देउवाले तत्कालै प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई फोन गरेर तोडफोडमा संलग्न किटानी उजुरी परेकाहरुलाई तत्काल पक्राउ गर्न निर्देशन दिनुभएको बुझिएको छ ।
यस्तै, प्रधानमन्त्री देउवाले भौतिक पूर्वाधार मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई फोन गरेर अलपत्र सडक निर्माणलाई पूरा गर्न पनि निर्देशन दिनुभएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभएको छ ।
बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटका राजनीतिकर्मीहरुका कारण फोहोर विसर्जनमा निरन्तर अवरोध हुदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्