२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिरियाली कारबाहीमा आइएसका वरिष्ठ कमाण्डर महमदकाे मृत्यु


286
Shares

काठमाडौं । सिरियाली कारबाहीमा आतंकबादी समूह आइएसका एक जना वरिष्ठ कमाण्डरकाे मृत्यु भएकाे छ ।

सिरियाली सेनाले देशको दक्षिणी प्रान्त दाराको मेजेरिब शहरमा गरेको कारबाहीका वरिष्ठ कमाण्डर महमद अहमद अल–हलाककाे मृत्यु भएकाे हाे । दक्षिणी सिरियाको दारा क्षेत्रको यारमाउकमा आइएसको एक तालिम केन्द्र रहेको छ ।

साेही तालिम केन्द्रको प्रमुखका रुपमा महमद कमाण्डरले काम गरिरहेका थिए । सेनाले केही दिन यतादेखि सिरियाको दारा क्षेत्रमा आइएसका विरुद्धमा व्यापक मात्रामा कारबाही अघि बढाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।