७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


निहारिका प्रकरण : बलात्कार आरोपित श्रेष्ठ पक्राउ


1.807k
Shares

काठमाडौं । राष्ट्रपति कार्यालय अगाडी आत्मदाह प्रयास गरेकी निहारिका राजपुतको माग सुनुवाई गर्दै प्रहरीले बलात्कार आरोपी शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख वसन्त रजौरेका अनुसार श्रेष्ठलाई मंगलबार साँझ पक्राउ गरिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र धनुषा प्रहरीको संयुक्त टोलीले श्रेष्ठलाई धनुषाबाट पक्राउ गरेको हो ।

श्रेष्ठले बलात्कार गरेका कारण जन्मिएको बच्चाको डीएनए टेस्टको पनि माग गर्दै निहारिका अनसन बस्दै आएकी थिइन ।

राष्ट्रपति कार्यालय अगाडि आत्मदाह प्रयास गर्दा प्रहरीले उद्धार गरी उनलाई अस्पताल भर्ना गरिएको थियो । अहिले उनी शिक्षण अस्पतालमा उपचार गराइरहेकी छन् ।

दुई दिन अघि मात्रै कानुनमन्त्री गोविन्द शर्मा बन्दीले निहारिकालाई न्याय दिलाउने आश्वासन दिदै अनसन तोड्न आग्रह गरेका थिए । तर, उनले बच्चाको डिएनए टेष्ट नगराएसम्म अनसन नतोड्ने बताएकी छन् ।