६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


रसुवागढी र तातोपानी नाका बन्द हुँदा कन्टेनरहरू सीमा पारी नै रोकिए


169
Shares

काठमाडौं । चीनसँग जोडिएका रसुवागढी र तातोपानी नाका चीनले बन्द गरेपछि नेपालको आयातमा असर परेको छ ।

चीनले बिना जानकारी नाका बन्द गर्दा सामान बोकी आएका कन्टेनरहरू सीमा पारी नै रोकिएका छन् । चीनमा कोरोना संक्र्रमण बढेको बहानामा सीमा नाकाबाट आवतजावत बन्द गरेको हुनसक्ने दुवै भन्सार कार्यालयका प्रमुखको आँकलन छ ।

बिना जानकारी नाका बन्द हुँदा नाका कहिले खुल्छ आधिकारिक जानकारी नआएको भन्सार अधिकृतहरू बताउँछन् । गत सातादेखि चिनियाँ पक्षले कारोनाको बहाना बनाएर मुख्य व्यापारिक नाकाहरू बन्द गरेको थियो ।

लामो समय नाका बन्द रहे दसैं र तिहारका लागि ल्याइएका सामानहरू नाकामै अड्कने र बजारमा उपभोग्य सामग्रीको मूल्य आकाशिने आँकलन गरिएको छ । समयमै नाका सुचारू नभए नेपाली बजारमा सामानको अभाव सिर्जना हुनुका साथै मूल्यवृद्धि पनि हुनसक्ने तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताउनुभयो । विशेषगरी उत्तरी नाकाबाट लत्ताकपडा, फलफुल र इलेक्ट्रिक सामानहरू भित्रिने गरेका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालको व्यापार भारतपछि सबैभन्दा धेरै चीनसँग छ । नेपालबाट सामान निर्यातमा भने चीनले पूर्णरूपमा रोक लगाएको छ । संक्रमणको जोखिम कायमै रहेको बहानामा निर्यात शून्य छ भने आयात गरिने सामानमा पनि कहिले खोल्ने र बन्द गर्दै आएको छ । नेपालको वाणिज्य तथा आपूर्ति मन्त्रालयले दूतावासमार्फत नाका खोल्न पत्राचार गर्दा समेत चीनले बेवास्ता गरेको गौतमको भनाइ छ ।

तातोपानी भन्सार कार्यालय प्रमुख गौतमले चिनियाँ क्षेत्रमा कोभिड बढिरहेको भन्दै गत सातादेखि नाका बन्द गरिएको अनौपचारिक जानकारी प्राप्त भएको बताउनुभयो । ‘चीनतर्फ कोभिड बढेर सामान र आवतजावत पूर्णरूपमा रोक लगाएको छ ।