
Web Pic
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–८ मा बुधबार साँझ जिप र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
ईटहरीबाट धरानतर्फ आउँदै गरेको को २ च १६ ६७ नम्बरको जिप र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०४८ प ४८३१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार ईटहरी उपमहानगरपालिका ११ का ३१ वर्षीय सुरज दाहालको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दाहालको धरान घोपामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सामान्य घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
जिप सहित चालकलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्