१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ज्याकलिनलाई मुद्रा अपचलन मुद्दामा आरोपी बनाउने ईडीको तयारी


858
Shares

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज मनी लान्ड्रिङ (मुद्रा अपचलन) प्रकरणका कारण चर्चामा छिन् ।

भारतीय सञ्चार माध्यामका अनुसार ईडी (प्रर्वतन निर्देशालय) ले ज्याकलिनलाई मनी लान्ड्रिंग मुद्दामा आरोपी बनाउने तयारी गरिरहेको छ ।

यस मामिलामा ज्याकलिनका वकिल प्रशान्त पाटिलले ईडीबाट आधिकारिक जानकारी प्राप्त नगरेको र यो कुरा भारतीय सञ्चारमाध्यमबाट मात्रै थाहा पाएको बताएका छन् ।

पाटिलले भनेका छन् ‘मेरो क्लाइन्ट (ज्याकलिन )ले उजुरीको प्रतिलिपि पनि प्राप्त गरेको छैन । यो सत्य हो कि मेरो क्लाइन्ट यस मुद्दामा पीडित छिन्, उनीहरू आफैँ ठगिएका छन् । सुकेश चन्द्रशेखरले उनलाई पनि धोका दिएका छन् । मेरो क्लाइन्टले सुरुदेखि नै ईडीलाई समर्थन गर्दै आएको छिन्। ज्याकलिनको नाम आरोपपत्रमा आउनु ठूलो षड्यन्त्र हो ।’

यसै क्रममा ज्याकलिनले आरोपित बनेको खबरले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेकी छिन् । यसमा उनले लेखेकी छन्– ‘म सबै राम्रा कुराको हकदार छु । एक दिन सबै ठीक हुनेछ, म बलियो छु। म मेरो लक्ष्य र सपनाहरू प्राप्त गर्नेछु ।’

भारतीय सञ्चार माध्यामका अनुसार ईडीले के अनुमान लगाएको छ भने ज्याकलिनलाई सुरुदेखि नै थाहा थियोकि यस मामिलामा मुख्य आरोपी सुकेश चन्द्रशेखर एक ठग हुन् भनेर, यती हुदाँहुदैँ पनि दुवै प्रेममा थिए । उनीहरुको धेरै निजी तस्वीर पनि सामाजिक सञ्जालमा भाइरल भए, त्यसपछि ईडीले ज्याकलिनलाई सोधपुछ गर्यो र प्रमाणको रुपमा दुबैको तस्वीर राख्यो ।

ईडीले अप्रिलमा ज्याकलिनको ७ करोडभन्दा बढीको सम्पत्ति जफत गरेको थियो ।