१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्नुपर्छ : ज्ञवाली


234
Shares

काठमाडौं । सांसद एवं कपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउन राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्न माग गर्नुभयो ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकमाथि छलफलमा भाग लिदै उहाँले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएपछि त्यसलाई संशोधनको अवसरलाई सदुपयोग गर्नु पर्ने बताउनुभयो ।

संसद नियमावलीअनुसार सांसदहरुलाई संशोधन हाल्ने अवसर दिनुपर्ने र जनताको प्रतिक्रिया लिनुपर्ने ज्ञवालीले बताउनुभयो ।

राष्ट्रपतिको सन्देशमा उठाइएको प्रत्येक प्रश्नलाई गम्भीर रुपमा लिनुपर्ने भन्दै उहाँले जनमत विभाजित गर्ने काम नगर्न आग्रह गर्नुभयो । सत्तासँग बहुमत भएपनि यो ‘हेड काउन्ट’ गर्ने विषय नभएको भन्दै उहाँले जबर्जस्ती गरेर टाउकोको गिन्तिका आधारमा गर्ने हो भने यसको परिणाम राम्रो नहुने चेतावनी दिनुभयो ।

ज्ञवालीले संसदमा विचाराधिन सो विषयलाई सत्तारुढ गठबन्धनले जस्ताको त्यस्तै राष्ट्रपतिलाई फिर्ता पठाउने निर्णय गरेको संसद र यसको गरिमाको धज्जी उडाएको आरोप पनि लगाउनु भयो ।