
काठमाडौं । राप्रपाले हिन्दुराष्ट्र अभियानका लागि स्वदेश तथा विदेशका नेपालीबाट सहयोग जुटाउन “कोष वृद्धि“ अभियानको शुभारम्भ गरेको छ ।
राप्रपाले नेपालमा वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन, संसारभरका हिन्दुराष्ट्र नेपाल पक्षधर व्यक्ति, समुह र संघसंस्थालाई जोड्न, स्वदेश र विदेशमा रहेका नेपालीको साथ, सहयोग र समर्थनको आह्वान सहित बिहिबारदेखि “कोष वृद्धि“ अभियानको शुभारम्भ गरेको हो । काठमाडौंमा आयोजित एक समारोहबीच अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गर्नुभएको हो ।
अकारण र जनतालाई गुमराहमा राखेर जनअनुमोदन बिना नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउने दुष्कार्य भएकाले सनातन धारको शक्तिकेन्द्र निर्माण एवं वैदिक सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने अभियानमा राप्रपाले आर्थिक सहयोग जुटाउने अभियान सञ्चालन गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राप्रपाले पार्टीका महामन्त्री एवं आर्थिक श्रोत व्यवस्थापन एवं परिचालन समितिका संयोजक डा.धवल शमशेर राणाको संयोजकत्वमा अभियान अघि बढाइने जनाएको छ।अभियानका लागि राप्रपाले गरिमा विकास बैकमा ०४७००१०१०२९०९१०००००१ नम्बरको छुट्टै बैंक खाता सञ्चालन गरेको छ । कोषमा रकम पठाउनका लागि दाताले बैंक खातामा नगद, चेक जम्मा गर्न वा डिजिटल पेमेन्ट सिस्टम अन्तर्गत इ–सेवा, खल्ती लगायतका एप्सको प्रयोग गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्