१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद : महामन्त्री शर्मा


962
Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताउनुभएको हो । उहाँले यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भयो ।

उहाँले फोहोर समस्याको दीर्घकालिन समाधानका लागि सबै राजनीतिक दलहरुले साझा ढंगले सोच्नुपर्ने बताउनु भयो । महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाँका नागरिकहरुको मागको पनि राज्यले सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

उहाँले समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तह सबै जिम्मवार हुनुपर्ने बताउनु भयो ।