
काठमाडौं । स्विडेनको एउटा किनमेल केन्द्रमा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।
यस्तै, गोली लागेर एक महिला घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
घाइते महिलाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
दक्षिणी सहर माल्मोमा भएको गोलीकाण्डका संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले आक्रमणबारे अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्