
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधनको शोकमा सिराहाको लहान नगरपालिकामा आज आइतबार बिदा दिइएको छ ।
गिरीको निधनमा नगर क्षेत्रभित्र शोक बिदा दिइएको मेयर महेशप्रसाद चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिकाभित्रका क्याम्पसहरू, शैक्षिक प्रतिस्ठानहरू र उद्योग बाणिज्य संघ पनि बन्द रहने छन् । लहान गिरीको गृहनगर हो ।
गिरीको अन्तिम संस्कार नेपाली कांग्रेसले पशुपतिमै गर्ने निर्णय गरेको छ ।
क्यान्सरबाट पीडित गिरीको शनिबार राति उपचारकै क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्