
काठमाडौं । रुसले युक्रेनको दक्षिणपूर्वी क्षेत्र जापोरिझियामा युक्रेनी सेनाले आफना केही सैनिकको खानामा विषादी मिसाई दिएको आरोप लगाएको छ ।
रुसको रक्षा मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी युक्रेनले जुलाइको अन्त्यमा रुस नियन्त्रित भागमा आफ्ना केही सैनिकको खानामा विषादी मिसाई दिएको आरोप लगाएको हो । यद्दपी युक्रेनको गृहमन्त्रालयले भने रुसी सेनाले म्याद सकिएको मासु खाएकाले त्यसमा विषादी भएको हुन सक्ने जनाएको पुष्टी गरेको छ ।
रुसी रक्षा मन्त्रालयले जुलाई ३१ मा गम्भीर विषादीको लक्षण देखिएका केही रुसी सैनिकलाई सैन्य अस्पतालमा लगिएको बताएको छ । परीक्षणका क्रममा उनीहरूको शरीरमा बोटुलिनम टक्सिन टाइप बी विषाक्त पदार्थ देखिएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शासनद्वारा अनुमोदित रासायनिक आतंकवादको तथ्यबारे रुस सबै विश्लेषणको नतिजा र प्रमाण तयार गरिरहेको बताइएको छ ।
विषाक्त खानेकुराबाट कति जना सेवाकर्मी पीडित छन् र अहिले उनीहरूको अवस्था कस्तो छ भन्ने केही खुलाइएको छैन ।
प्रतिक्रिया दिनुहोस्