
एजेन्सी । आफ्नो बोलीका कारण बलिउडमा आतंक मच्चाएकी बलिउड अभिनेत्री कंगना रनौतले फिल्मफेयर अवार्ड विरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेकी छिन् ।
अभिनेत्रीले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा स्टोरी सेयर गरेर फिल्मफेयरविरुद्ध आफ्नो असन्तुष्टि व्यक्त गरेकी छिन् । फिल्मफेयरले कंगनालाई आफ्नो एक अवार्डको लागि मनोनयन गरेको छ ।
बाँकी स्टारहरूले फिल्मफेयर जित्नुलाई एउटा उपलब्धि ठान्छन् । तर, कंगना नामांकनबाट रिसाएकी छन् । ६७ औं फिल्मफेयरका लागि मनोनयनको सूची सार्वजनिक भएको छ । जसमा रणवीर सिंह फिल्म ‘८३’ बाट उत्कृष्ट अभिनेताको मनोनयनमा परेका छन् भने उत्कृष्ट अभिनेत्रीको विधामा कंगना फिल्म ‘थलाइवी’ का लागि मनोनयनमा परेकी छन् ।
इन्स्टाग्राममा असन्तुष्टि व्यक्त गर्दै कंगनाले भनिन्, ‘फिल्मफेयरले मलाई मनोनयन गरिरहेको देखेर म अचम्ममा छु । तर, म कुनै भ्रष्ट र अनैतिक पुरस्कार समारोहको हिस्सा बन्न चाहन्न। यो मेरो गरिमा विरुद्ध हो। फिल्मफेयरबाट धेरै फोन आइरहेको छ त्यसैले मैले फिल्मफेयरलाई मुद्दा हाल्ने निर्णय गरेको छु।’
त्यसैगरी उनले सन् २०१४ देखि फिल्मफेयरलाई प्रतिबन्ध लगाएको पनि बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस्