
एजेन्सी । भारतीय अभिनेता रणवीर सिंहले नग्न फोटोसुट प्रकरणमा मुम्बई प्रहरीसँग दुई साता समय मागेका छन् ।
यस मामिलामा, मुम्बई प्रहरीले रणवीरलाई सोमबार सोधपुछको लागि बोलाएको थियो । रणवीरले मुम्बई प्रहरीसँग दुई साताको समय मागेका छन् । यद्यपी प्रहरी तर्फबाट यस बिषयमा हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।
रणवीरले गत जुलाई २२ मा एक म्यागजिनका लागि नग्न फोटोसुट गरेका थिए । तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि मुम्बईको एक एनजीओले चेम्बुर प्रहरी चौकीमा रणवीरविरुद्ध उजुरी दर्ता गरेको थियो।
एनजीओले रणवीरले आफ्नो नग्न फोटोबाट महिलाको भावनामा चोट पुर्याएको र अपमान गरेको बताएको थियो। त्यसैले उनको तस्वीर ट्विटर र इन्स्टाग्रामबाट हटाउनुपर्ने र उनलाई पक्राउ गर्न पनि माग गरेको थियो । रणवीरविरुद्ध आईपीसीको धारा ५०९, २९२, २९३, आईटी एक्ट को धारा ६७ ए अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।
उजुरी दर्ता भएपछि मुम्बई प्रहरीले ४८ घण्टाको समय मागेको थियो । यसपछि रणवीरविरुद्ध मुद्दा दर्ता भएको थियो । आईपीसी (इन्डियन पेनल कोड) को धारा २९३ अन्तर्गत ५ वर्ष र धारा २९३ अन्तर्गत ३ वर्षको जेल सजायको प्रावधान छ।
साथै रणवीरलाई आईटी एक्ट ६७ ए अन्तर्गत ५ वर्षको जेल सजाय पनि हुनसक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्