१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सलमान र चिरञ्जीवी अभिनित फिल्म ‘गडफादर’को टिजर सार्वजनिक


936
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेता चिरञ्जीवी र भारतीय अभिनेता सलमान खान अभिनित फिल्म ‘गडफादर’को टिजर सार्वजनिक भएको छ ।

चिरञ्जीवीको जन्मदिनको अवसरमा सार्वजनिक भएको १ मिनेट ३४ सेकेन्ड लामो टिजरले गडफादर नामक चरित्रलाई दर्शाउने प्रयास गरेको छ ।

फिल्ममा चिरञ्जीवी एक्सन अवतारमा प्रस्तुत भएका छन् । उनको एक्सन शैली दमदार देखिएको छ । टिजरमा चिरञ्जीवीसँगै सलमान खान पनि देखिएका छन् । नयनतारा उक्त फिल्ममा मुख्य भूमिकामा देखिनेछिन् । चिरञ्जीवी र सलमानले पहिलो पटक एकसाथ काम गरेका हुन् । फिल्ममा चिरञ्जीवी, सलमान खान, नयनतार, पुरी जगन्नाध, सत्य देव लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई मोहन राजाले निर्देशन गरेका हुन् भने चिरञ्जीवीका छोरा राम चरण, आरवी चौधरी र एनभी प्रसादले फिल्म निर्माण गरेका हुन् । यो फिल्म ५ ​​अक्टोबर २०२२ पान इन्डियामा रिलिज हुनेछ ।