
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहिन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटबारे छलफल भएपनि कुनै निष्कर्षमा पुग्न सकेन ।
बैठकमा सहभागि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शीर्ष नेताहरुबीच सिट बाँडफाँट र त्यसपछिको अवस्थाबारे छलफल भएपनि कुनै निष्कर्षमा पुगिनसकेको जानकारी दिनुभयो ।
प्रवक्ता कार्कीका अनुसार बैठक मंगलबार पुनःबस्नेछ । सत्तारुढ पाँच दलीय गठबन्धनबीच आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेर जाने सहमति भएको छ । तर,गठबन्धन दलबीच सिट बाँडफाँटको विषयमा विवाद छ ।
गठबन्धनले सिट बाँडफाँटको लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो । तर,सहमति जुटाउन सक्ने अवस्था नदेखिएपछि कार्यदलले सिट बाँडफाँटको जिम्मेवारी शीर्ष नेताहरुलाई नै सुम्पिएको छ ।
प्रतिक्रिया दिनुहोस्