
काठमाडौं । पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खान बिरुद्ध पाकिस्तानी प्रहरीले आतंकवाद ऐन अन्तर्गत मुद्दा दायर गरेको छ ।
पूर्वप्रधानमन्त्री खानले राज्यका अधिकारीहरू विरुद्ध धम्की दिनु देशको आतंकवाद विरोधी ऐन उल्लंघन गरेको आरोपमा मुद्दा दायर गरेको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।
गत शनिवार खानले सार्वजनिक भाषणमा इस्लामाबादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशलाई आफ्नो पार्टीका सहकर्मी शाहबाज गिललाई हिरासतमा राखेको र दुव्र्यवहार गरेको आरोपको निन्दा गर्नुुभएको थियो ।
उहाँले प्रहरी र न्यायपालिकाले आफ्ना नजिकका सहयोगीलाई थुनामा राखेर यातना दिएको आरोप लगाएपछि खानविरुद्ध पाकिस्तान सरकारले अनुसन्धान सुरु गरेको थियो । मुद्दा दायर लगत्तै पाकिस्तानको माहोल तनावपूर्ण बनेको छ ।
खानका समर्थकहरूले खानलाई गिरफ्तार गरेमा देशको अधिकार लिने वाचासहित अहिले घर बाहिर भेला भई प्रदर्शन गरेका छन् । गत अप्रिलमा सत्ताबाट हटाइएदेखि खान सरकार र देशको सेनाको कट्टर आलोचक बन्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्