१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सत्ता गठबन्धनको बैठक आज पनि बस्दै


195
Shares

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज मंगलबार पनि बस्ने भएको छ ।

सोमबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि मंगलबार दिउँसो ३ बजे फेरि बैठक बस्न लागेको हो ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भए पनि बिना निष्कर्ष टुंगिएको थियो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनावमा जाने सहमति भएको छ । तर, सिट बाडफाँटको विषय भने अझै टुंगोमा पुग्न सकेको छैन ।