१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


घट्यो सुनचाँदीको मूल्य


4.355k
Shares

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सयले घटेर ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार ५ रुपैयाँले घटेर १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।