
पाँचथर । नाबालिका विद्यार्थीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथरको याङवरक गाउँपालिका-४ स्थित सनसाइन बोर्डिङ स्कुलका एक जना शिक्षकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सनसाइन बोर्डिङमा शिक्षण गरिरहेका भारतको दार्जिलिङको रिम्बिक घर भएका २५ वर्षीय शिक्षक सरजित ठटाल रहेका छन् ।
शुक्रबार साँझ नाबालिकामाथि शिक्षक ठटालले बलात्कार गरेको भनि पीडितका आफन्तको जानकारी गराएपछि सोमबार आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
नाबालिकाका परिवारले आइतबार जाहेरी दिएपछि आरोपीलाई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको पाँचथर प्रहरीका प्रहरीका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्