
काठमाडौं ।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको जन्मदिनमा अभिनेता दीपक राज गिरीले शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत दीपकले दीपाको जन्मदिनको शुभकामना दिएका हुन् ।
उनले दीपा बिना आफ्नो कुनै अस्तित्व नहुने प्रस्ट परेका छन् । दीपासँगको ३० वर्षे लामो सहकार्यले आफू दर्शकमाझ चर्चित हुन पुगेको बताएका छन् ।
आफ्नो हातमा रहेका हरेक उपलब्धिहरूमा दीपाको नाम कुंदिएको र समाजका तीता प्रश्नहरूको पीडालाइ झेलेर लगातार साथ दिने भन्दै उनले भावुक स्टाटस लेखेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् :-
हरेक बर्ष झै आजको दिन मलाइ कसै संग शब्दहरू सापटी माग्न मन लाग्छ
किनकि मेरा स्मरणमा रहेका शब्दहरूले तिम्रो गुणगानको भारी बोक्न सक्दैनन्
मेरा हातमा रहेका हरेक उपलब्धिहरूमा तिम्रो नाम जो कुंदिएको छ
हेर्दा हेर्दै अब त ३० वर्ष पनि बितेछ
तिमि धनियॉ बनेर आएकि थियौ र त
रामबिलास घर घरमा चर्चित बन्न पुगेको थियो
टेलिभिजनको सानो पर्दा हूदै सिनेमा सम्मको कठिन यात्रामा तिमि थियौ
म जस्तो अव्यवहारिक मानिसलाइ जीवन सिकाउने तिमि थियौ
आफ्नो उपलब्धिमा भन्दा मेरो प्राप्तिमा खुशि हुने मान्छे पनि तिमि थियौ
समाजका तीता प्रश्नहरूको पिडालाइ झेलेर लगातार साथ दिने पनि त तिमि नै थियौ
यो तिमि भन्ने शब्द नभाको भए म भन्ने शब्दको के अस्तित्व हुन्थ्यो र
त्यसैले आजको तिम्रो जन्मदिन तिम्रो होइन , मेरो जस्तो लाग्छ
ह्याप्पी बर्थ डे टू यू होइन टू मी भन्न मन लाग्छ ‘
आफ्नो आँखामा आँसुको भारी बोकेर अरूको आँसु पुछ्ने
यस्तो अनमोल साथिलाइ जन्मदिनको लाखौ शुभकामना
प्रतिक्रिया दिनुहोस्