१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बलिउडका यी ७ कलाकारको पहिलो तलब कति थियो ?


884
Shares

एजेन्सी । भारतीय फिल्म क्षेत्रमा सयौं करोडको लगानीमा फिल्म निर्माण हुने गरेको छ । ती मध्ये कति फिल्म सफल हुन्छन् भने कति असफल हुन्छन् ।

कोभिड- १९ का कारण थलिएको फिल्म क्षेत्र अझै पनि उस्तै छ । तर, दक्षिण भारतका फिल्महरू एकाएक सफल भैरहेका छन् ।

भारतमा पछिल्लो समय फिल्मले राम्रो कमाई गर्न नसके पनि फिल्महरू लगातार प्रदर्शनमा आइरहेका छन् । फिल्ममा कलाकारको अभिनयले गर्दा पनि फिल्मले चर्चा पाउने गर्दछ । पछिल्लो समय बढि पारिश्रमिक लिनु सामान्य हुन थालिसकेको छ । फिल्म हिट भएअनुसार कलाकारहरुले आफ्नो पारिश्रमिक बढाउँदै लगेका छन् ।

पहिलो फिल्मबाट थोरै पैसामा काम गरेका बलिउड कलाकारहरू आज भारतका अर्बपतिमध्ये पर्छन् । आज करोडौं पारिश्रमिक लिने भारतीय कलाकारले पहिलो फिल्मबाट कति परिश्रमिक पाए ? आउनुहोस् जानौं ।

सलमान खान

सलमान खानले फिल्म ‘मैने प्यार किया’ बाट मुख्य कलाकारको रुपमा डेब्यु गरेका थिए । उनले यो फिल्मका लागि ७५ हजार भारतीय रुपैयाँ पारिश्रमिक लिएका थिए । यसअघि उनी फिल्म ‘बीवी हो तो ऐसी’ मा सहायक भूमिकामा देखिएका थिए । यो भूमिकाका लागि उनले ११ हजार भारु पाएका थिए।

शाहरुख खान

शाहरुख खानले सन् १९९२ मा फिल्म ‘दिवाना’ बाट आफ्नो अभिनय करियर सुरु गरेका थिए । शाहरुखले आफ्नो पहिलो फिल्मको लागि ४ लाख भारु पारिश्रमिक लिएका थिए । योसँगै उनले यो फिल्मबाट फिल्मफेयर अवार्ड पनि जितेका थिए ।

अमिताभ बच्चन

आजभन्दा ५० वर्षअघि अमिताभ बच्चनले फिल्म ‘सात हिन्दुस्तानी’बाट सिनेमा जगतमा डेब्यू गरेका थिए । यो फिल्म सन् १९६९ मा रिलिज भएको थियो । उनले यो फिल्मबाट ५ हजार भारु परिश्रमिक पाएका थिए ।

अक्षय कुमार

अक्षय कुमार पहिलो पटक फिल्म ‘सौगन्ध’मा मुख्य भूमिकामा देखा परेका थिए । यस फिल्ममा उनले शिव कृपलानीको भूमिका निर्वाह गरेका थिए । उनले यो भूमिकाका लागि ५१ हजार भारु पारिश्रमिक लिएका थिए ।

आमिर खान

आमिरले सन् १९८८ मा रिलिज भएको फिल्म ‘कयामत से कयामत तक’बाट आफ्नो अभिनय करियर सुरु गरेका थिए । उनले पहिलो फिल्मका लागि मात्रै ११ हजार भारु पाएका थिए ।

दीपिका पादुकोण

दीपिका पादुकोणले सन् २००७ मा फिल्म ‘ओम शान्ति ओम’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । उक्त फिल्म बक्स अफिसमा ब्लकबस्टर हिट भयो । तर दीपिकाले पहिलो फिल्मको लागि पारिश्रमिक लिएकी छैनन् ।

शाहिद कपुर

शाहिदले सन् २००३ मा रिलिज भएको फिल्म ‘इश्क विश्क’ बाट आफ्नो करियर सुरु गरेका थिए । उनले यस फिल्ममा १ लाख ५० हजार भारु पारिश्रमिक लिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।