९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


थपिए ४८७ जना कोरोना संक्रमित, १ जनाको मृत्यु


104
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार १ सय ७७ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ८ सय ६ जनाको पीसीआर र २ हजार ३ सय ७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ सय ८७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार १ सय ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ हजार २ सय ९८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।