१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पल शाहको मुद्दामा नवलपुरको सुनुवाइ स्थगित


26
Shares

काठमाडौं । अभिनेता पल शाहको मुद्दामा आज (बुधबार) नवलपुरमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

बलात्कारको अभियोगमा पक्राउ परेका अभिनेता शाहको नवलपुर जिल्ला अदालतमा फैसलाका लागि तोकिएको मुद्दाको पेशी स्थगित भएको हो ।

न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा पेशी तोकिए पनि स्थगितको निवेदन परेको हो । साथै शाहको तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि जबर्जस्ती करणीविरुद्धको मुद्दाको पेशी तोकेको छ ।

शाह यतिबेला बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । यसअघि थुनाबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । तर, अदालतले निवेदनलाई अस्वीकृत गरिदियो ।

गत फागुन १५ गते नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै शाहा पक्राउ परेका थिए ।