
भद्रपुर । झापाको एक सरकारी विद्यालयले नक्कली विद्यार्थी देखाएर लाखौं रुपैयाँ हिनामिना गरेको छ ।
भद्रपुर नगरपालिका–४ मा रहेको जनकल्याण आधारभूत निम्न माध्यमिक विद्यालयले नाम दर्ता गरी भर्ना भएको भन्दा दोब्बर विद्यार्थी संख्या देखाएर लाखौं रुपैयाँ हिनामिना गरेको हो ।
कक्षा १ देखि ७ सम्म सञ्चालन हुँदै आएको विद्यालयले सक्कली विद्यार्थी अनुमानित ७० जना मात्रै रहेकोमा नक्कली विद्यार्थी देखाएर जम्मा १ सय ७३ जनाको हाजिरी देखाएको फेला परेको छ ।
शैक्षिक सत्र सुरू भएपश्चात् जेठ, असार र साउन मसान्तसम्म शतप्रतिशत विद्यार्थीको हाजिरी गरे पनि भदौ महिनाको सुरूवातदेखि हाजिरीअनुसार ४७ जनाको मात्र हाजिरी गरिएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्