
एजेन्सी । अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यापारी राज कुन्द्राले सबै आरोपबाट सफाइ पाउन अदालतमा निवेदन दिएका छन् ।
वास्तवमा, राज कुन्द्रामाथि गत वर्ष पोर्नोग्राफी उद्योग सञ्चालन गरेको आरोप लागेको थियो, जसअन्तर्गत उनीविरुद्ध जुलाईमा मुद्दा दर्ता भएको थियो । हालसम्म उनी दोषी ठहर नभए पनि राजले पोर्नोग्राफीसँग आफ्नो कुनै सम्बन्ध नभएको दाबी गर्दै मुम्बई अदालतमा निवेदन दिएका हुन् ।
साथै उनीविरुद्ध अदालतमा कुनै प्रमाण फेला परेको छैन । पोर्नोग्राफी मुद्दामा राजलाई मुम्बई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उनी २ महिना जेल पनि परे । लामो अदालती कारबाहीका कारण राजले सेप्टेम्बरमा मुम्बई अदालतबाट जमानत पाएका थिए ।
राजलाई अहिलेसम्म दोषी ठहर गरिएको छैन, त्यसैले यस मुद्दाबाट सफाइ दिनुपर्ने राजको भनाइ छ । पिंकभिल्लालाई दिएको अन्तर्वार्तामा राजले भने ‘म कहिल्यै पनि पोर्नोग्राफीको उत्पादन वा वितरणमा संलग्न भएको छैन । मलाई यो मामिलामा तान्ने प्रयास भइरहेको छ । म जस्तोसुकै मुद्दाको सामना गर्न तयार छु, मलाई कानून र व्यवस्थामा पूर्ण विश्वास छ ।’
प्रतिक्रिया दिनुहोस्