१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रणवीरले मागे माफी


2.47k
Shares

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टको बढीरहेको तौललाई लिएर मजाक उडाएका अभिनेता रणवीर कपुरले एक कार्यक्रममा माफी मागेका छन् ।

हालै रणवीर र आलिया निर्देशक अयान मुखर्जीको युट्युबमा आफ्नो फिल्म ब्रह्मास्त्रको प्रमोशन गरिरहेका थिए । यस क्रममा रणवीरले गर्भावस्थामा आलियाको बढेको तौललाई लिएर खिल्ली उडाए, जसलाई देखेर रणवीर सामाजिक सञ्जालमा निकै ट्रोल भएका थिए ।

तर, अहिले रणवीरले आफ्नो मजाकका लागि ट्रोलरहरूसँग माफी मागेका छन् । लाइभ कार्यक्रममा आलियाले भनिन्– ‘हामी फिल्मलाई राम्रो स्तरमा प्रमोसन गर्नेछौं, फिल्मको प्रचारका लागि हामी सबै ठाउँमा जानेछौं । तर अहिले हामी यति धेरै ठाउँमा जान सक्दैनौं किनभने हाम्रो ध्यान अन्यत्र छ ।’

यसमा रणवीरले आलियाको बेबी बम्प तिर औंल्याउँदै भनेका छन् कि अहिले कोही फैलिरहेको छ । रणवीरको यो जोकमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनलाई असंवेदनशील भन्दै ट्रोल गरेका छन् ।

यहि बयानलाई लिएर अभिनेताले सबैसँग माफी मागेका छन् । अभिनेताले भने, ‘म मेरी श्रीमती आलियालाई धेरै माया गर्छु । मैले ठट्टा मात्र गरेको थिएँ, जुन मानिसहरूलाई हास्यास्पद लागेन म मेरो मजाकले कसैलाई चोट पुर्‍याउन चाहन्न । यदि मेरो कारणले कसैलाई चोट पुगेको छ भने म माफी चाहन्छु।’