
काठमाडौं । पाँचथरमा ट्राफिक प्रहरी कार्यालयले गरेको कडाईका कारण ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनहरु कारवाहीमा पर्न थालेका छन् ।
गत आर्थिक वर्ष ०७८/०७९ मा पाँचथरमा ३ हजार २ सय ७ वटा सवारी कारवाहीमा परेका छन् । जुन अघिल्लो आर्थिक वर्ष ०७७/०७८ को तुलनामा ६ सय ४२ भन्दा बढी सवारीहरु कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
कारवाहीको दायरमा सबैभन्दा बढी मोटरसाइकल, ट्रक, जिप र ट्रयाक्टर परेका छन् । ट्राफिक प्रहरी कार्यालयको सचेतनाले सवारी दुर्घटनामा भने कमी आएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्