१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उद्योगको विकासले मात्र राज्यको आर्थिक विकास सम्भव छ : मन्त्री बडु


91
Shares

नवलपुर । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले उद्योगको विकासले मात्र राज्यको आर्थिक विकास सम्भव हुने बताउनुभएको छ ।

आज नवलपुरको विनयीत्रिवेणीमा रहेको होङसी सिमेन्ट र नवलपुरकै देवचुलीमा रहेको चौधरी उद्योग ग्राम अवलोकन गर्दे मन्त्री बडुले उद्योगको विकासबाट परिवर्तन सम्भव हुने पनि बताउनुभयो ।

उद्योग स्थापना भएका क्षेत्रहरुमा विकासको पूर्वाधारहरु पनि बढेको भन्दै उद्योग सञ्चालनमा सरकारले सहुलियत दिने पनि बताउनुभयो ।

मन्त्री बडुले नवलपुर कै कावासोती नगरपालिकामा रहेको औद्योगिक क्षेत्रका लागि छुट्याइएको स्थानको समेत अवलोकन गर्नुभएको थियो ।